ललितपुरमा विपद्मा परी घाइते भएका तीन बिरामीको हेलिकप्टरबाट उद्धार — OSNepal

ललितपुरमा विपद्मा परी घाइते भएका तीन बिरामीको हेलिकप्टरबाट उद्धार

LC (KTM) September 29, 2024 0

पाटन (ललितपुर), १३ असोजः ललितपुरमा विपद्मा परी घाइते भएका तीन बिरामीको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर ललितपुरको महाङ्काल गाउँपालिका–२ मानिखेल रिगिनडाँडाका श्यामप्रसाद तिमल्सिना, गोदावरी नगरपालिका–७ देविचौरका ठूली रुम्बा र सञ्जु रुम्बाको उद्धार गरिएको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले जानकारी दिनुभयो ।

विपद्का घटना घटेको करिब ४० घण्टापछि जिल्लाको दक्षिणी भेगमा रहेको गाउँपालिकामा हेलिकप्टर लगेर घाइते बिरामीको उद्धार गरिएको हो । यसअघि आजै बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा तत्कालै बिरामीको उद्धारका लागि हेलिकप्टर पठाउन माग गरिएको थियो ।

यहाँ तीनवटा स्थानीय तहहरूमा सडक, विद्युत् र सञ्चार प्रणालीमा क्षति हुँदा समस्या भएको छ । विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयवासीले धनजन र मानवीय क्षति ब्यहोर्नु परे पनि राहत र उद्धारका लागि सञ्चार समन्वयसमेत हुन कठिन भइरहेको समन्वय प्रमुख फुयालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर