कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न मन्त्री अधिकारीकोनिर्देशन — OSNepal

कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न मन्त्री अधिकारीकोनिर्देशन

LC (KTM) September 29, 2024 0

काठमाडौँ, १३ असोजः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पु¥याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो सङ्कलन गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री अधिकारीले भन्नुभयो, “बाढीले थुप्रै कृषिउपजमा क्षति पु¥याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ ।” बैठकमा क्षतिको यकिन तथ्याङ्क चाँडो सङ्कल नगरी आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर