नेपालमा आज कोरोनाबाट थप २४ को मृत्यु — OSNepal

नेपालमा आज कोरोनाबाट थप २४ को मृत्यु

LC (KTM) August 03, 2021 0

काठमाडौं । नेपालमा आज ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै १९९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ । त्यस्तै आज २४ को मृत्यु भएको छ । हालसम्म ९ हजार ९२२ जनाको मृत्यु भएको छ ।

त्यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७२१ ज्नाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा ११७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, संखुवासभामा ४, पाँचथरमा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा २७, मेचीनगरमा २४, अर्जुनधारमा १९, कनकाई र शिवसताक्षीमा १५–१५, बुद्धशान्तिमा ९, गौरादहमा ७, कमल गाउँपालिका र बा¥हदशीमा ५–५, हल्दिबारीमा ४ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६२, बेलबारीमा ३७, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ४, रंगेलीमा २, कटहरी, कानेपोखरी, केराबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको छ ।

सुनसरीको धरानमा ५५, इटहरीमा ४३, रामधुनीमा ६, इनरुवा र बराहक्षेत्रमा ५–५, दुहवीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटाको नगरपालिकामा ११, चौवीसे, छथर, महालक्ष्मी र शहिदभूमीमा १–१ जनामा देखिएको छ ।

उदयपुरको त्रियुगामा ६, चौदण्डीगढी, बेलका र उदयपुरगढीमा २–२ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, फाकफोकथुम, चुलाचुली, रोङ र सुर्योदयमा १–१, संखुवासभाको खाँदबारीमा २, पाँचखपन र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको छ ।

पाँचथरको फिदिम, फालेलुङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४१३ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा १८५ महिला र २२८ पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर