उत्तरी गोरखाको साम्दोमा हिमपात, रोकिए पर्यटक — OSNepal

उत्तरी गोरखाको साम्दोमा हिमपात, रोकिए पर्यटक

LC (KTM) September 29, 2024 0

गोरखा- उत्तरी गोरखामा भारी हिमपात परेको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा हिमपात भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
हिमपातका कारण यस क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ । “शुक्रबार साँझदेखि साम्दो र आसपासका क्षेत्रमा परेको हिमपात करिब डेढ फिटसम्म जमेको छ”, उहाँले भन्नुभयो, “हिमपात परेपछि अहिले यस क्षेत्रमा चिसो एक्कासि बढेको छ, जसले जनजीवन प्रभावित भएको छ ।”

सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) साम्दोका प्रमुख प्रहरी निरीक्षक विश्व त्रिपाठीले स्थानीयवासी घरबाहिर निस्कन कठिनाइ भएको छभने लार्केपास पदमार्गमा पुगेका पर्यटकलाई आवाजजावतमा समस्या भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर