सिरहाको लहानमा बाढी पस्यो, ७० घरपरिवार उच्च जोखिममा — OSNepal

सिरहाको लहानमा बाढी पस्यो, ७० घरपरिवार उच्च जोखिममा

LC (KTM) September 28, 2024 0

सिरहा, १२ असोजः लगातारको वर्षासँगै सिरहाको लहान नगरपालिका–४ स्थित सुन्दरपुरमा बलान नदीमा आएको बाढी बस्तीमा पसेको छ । पानीको बहाव उच्च हुँदा नदीले तटबन्द भत्काएर बस्ती पसेको हो ।

घरका सामान र लत्ताकपडा नजिकैै रहेको मदरसामा सारिएको पीडित मो. सदरुर मियाले बताउनुभयो । उहाँले भन्नुभयो, “एक्कासि बाढी बस्ती प्रवेश गरेपछि ज्यान जोगाउन मानिसहरूको भागाभाग भयो । बाढी अलि कम भएपछि बाँकी रहेका भाँडाकँुडा र लत्ताकपडा मदरसामा सारिएको छ ।” रातभर कसरी बस्ने भन्ने चिन्तामा रहेको उहाँले बताउनुभयो ।

वर्षा जारी रहे वडा कार्यालयसँग समन्वय गरी बस्तीका मानिसहरूलाई राति नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी बस्ती पसेपछि सुन्दरपुर र इस्लामपुरका करिब ७० घरपरिवार बिचल्लीमा परेका छन् । प्रभावितहरूलाई सार्वजनिक हलमा खानेबस्ने व्यवस्थासहित सार्ने तयारी गरिएको वडा नं ४ का वडाअध्यक्ष रामनाथ पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर