देशलाई योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यकः मुख्यमन्त्री कँडेल — OSNepal

देशलाई योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यकः मुख्यमन्त्री कँडेल

LC (KTM) September 27, 2024 0

कर्णाली, ११ असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशका लागि योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित शिव माध्यमिक विद्यालय धुलियाबिटको ४०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योग्य एवं सक्षम जनशक्ति उत्पादन हुन सकेमात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । “विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्थाहरुले गरिखाने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

आजको आवश्यकता भनेको प्रतिस्पर्धी एवं योग्य जनशक्ति, गुणस्तरीय शिक्षासहित संस्कारयुक्त नागरिक उत्पादन गर्नु रहेको बताउँदै मुख्यमन्त्री कँडेलले यसमा घर, विद्यालय र वातावरण सहि हुनुपर्नेमा जोड दिनुभयो । “विद्यालयले केवल सिकाउने मात्र होइन, सभ्य नागरिक पनि विकास गर्ने हो”, उहाँले भन्नुभया ।

देशलाई आवश्यक असल नागरिक निर्माण गर्न अभिभावक र विद्यालय परिवारको ध्यान जान आवश्यक रहेको उहाँको भनाइ छ । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश सरकार लागेको बताउनुभएका मुख्यमन्त्री कँडेलले सरकारको कामलाई प्रभावकारी बनाउन शिक्षासँग सम्बन्धित सबै सरोकारवालाहरुको साथ सहयोग आवश्यक रहेको जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर