निरन्तरको बर्षाका कारण काठमाडौं उपत्यकामा अधिकाशं नदीमा बाढी — OSNepal

निरन्तरको बर्षाका कारण काठमाडौं उपत्यकामा अधिकाशं नदीमा बाढी

LC (KTM) September 27, 2024 0

निरन्तरको बर्षाका कारण काठमाडौं उपत्यकामा अधिकाशं नदीमा बाढी आएको छ ।बर्षाका कारण बागमती, बिष्णुमती, धोविखोला, गोदावरी लगाएतका खोलानदीमा बाढी आएको छ । बाढीका कारण टेकु दोभन छेउछाउका बस्ती डुवानमा परेको छ ।

अबको तीन दिन देशभर भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरका उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर