एन्फा महिला लिग फुटबल: सुदूरपश्चिमलाई पराजित गर्दै कोशी दोस्रो चरणमा — OSNepal

एन्फा महिला लिग फुटबल: सुदूरपश्चिमलाई पराजित गर्दै कोशी दोस्रो चरणमा

LC (KTM) September 26, 2024 0

काठमाडौँ, १० असोजः राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कोशी प्रदेश प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै कोशी शीर्ष अन्तिम पाँचभित्र रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो । कोशीले नौ खेलबाट १४ अङ्क जोड्यो । सुदूरपश्चिम भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै दोस्रो चरण पुग्ने पाँचै टोलीको टुङ्गो लागेको छ । कोशीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आज कोशीको जीतमा समीक्षा मगरले दुई गोल गरिन् भने ममता राउत र खुस्मा राईले समान एक एक गोल गरे । ममताले खेलको २४औँ मिनेटमै गोल गरिन् । त्यस्तै कोशीकी अर्की खेलाडी समीक्षाले खेलको ५३ र ६५औँ मिनेटमा दुई गोल गरिन् ।
यस्तै खेलको ८५औँ मिनेटमा खुस्माले अर्को गोल गर्दै कोशीलाई ४–० को जीत दिलाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर