लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलहरुले दर्ता गराए अविश्वासको प्रस्ताव — OSNepal

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलहरुले दर्ता गराए अविश्वासको प्रस्ताव

LC (KTM) August 03, 2021 0

बुटवल १९ साउन । नेकपा एमालेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीदलहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गर्दै ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको पत्र आज मंगलबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

विपक्षी दलहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वासको प्रस्ताव यस्तो छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर