सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति छ तोलाको ? — OSNepal

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति छ तोलाको ?

LC (KTM) September 23, 2024 0

काठमाडौं, ७ असोजः सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि रु एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु एक हजार सात सयले बृद्धि भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर