सहकारी प्रकरणमा जवरजस्त दोषी देखाएर राजनीतिक प्रतिरोध साध्न खोजियो -रवि लामिछाने — OSNepal

सहकारी प्रकरणमा जवरजस्त दोषी देखाएर राजनीतिक प्रतिरोध साध्न खोजियो -रवि लामिछाने

LC (KTM) September 23, 2024 0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि राजनीतिक प्रतिरोध साध्न खोजेको आरोप लगाउनुभएको छ । प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि आइतबार राती पार्टीका नेताहरुसंगको छलफलपछि पार्टी कार्यालय बनस्थलीमा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले सहकारी प्रकरणमा जवरजस्त दोषी देखाएर राजनीतिक प्रतिरोध साध्न खोजेको आरोप लगाउनुभएको हो । उहाले आफुलाई पक्राउ गर्ने बिषयमा बुझ्दा पक्राउ गर्ने कुनै तयार नभएको जानकारी पाएपनि सरकारको कुनै भरोसा नभएकाले अलर्टमा बस्ने कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सहकारी छानविन समितिको प्रतिवेदनले समेत सहकारी प्रकरणमा कुनै संलग्नता नरहेको देखाएपछि आफुबिरुद्ध मिडिया ट्रयाल गर्न खोजिएको उहाले बताउनुभयो । लामिछानेले आफु निर्दोश रहेकाले जस्तोसुकै अनुसन्धानमा सघाउन तयार रहेको जिकिर गर्नुभयो । लामिछानले आफूले कानून मान्ने, अनुसन्धानमा सघाउने तर कसैको अन्याय नसहने स्पष्ट पार्नुभयो ।

आफ्नो सम्बोधनका क्रममा लामिछानेले सम्बन्धीत निकायले पक्रने कुनै तयारी नरहेको भनेपनि आफुलाई राज्यले जुनसुकै बेला पनि पक्रन सक्ने भएकाले व्यक्तिगत रुपमा नभइ पार्टीगत रुपमा प्रतिवादका लागि तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर