काठमाडौँ १९ साउन । निर्वाचन आयोगको आज मंगलबार बसेको बैठकले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निणर्य गरेको छ ।
साउन २० अर्थात भोलीबाट लागु हुने गरी विभिन्न ४१ दलका दर्ता खारेज गर्ने निणर्य गरेको हो ।
प्रवक्ता राजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार दल दर्ता खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकिएको छ भने, खारेज दलहरुले जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने पनि भएका छन् ।
४१ वटा दल खारेज हुने वितित्कै अब मात्र ९५ वटा दल रहेका छन् ।
दर्ता खारेज भएका दल र केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको नाम सहितको विवरण यस्तो छ;