बद्री र रचना रिमालको स्वरमा कस्तुपले ल्याए ‘मगमग वासना’ छर्दै — OSNepal

बद्री र रचना रिमालको स्वरमा कस्तुपले ल्याए ‘मगमग वासना’ छर्दै

admin September 22, 2024 0

काठमाडौँ । गायक बद्री पङ्गेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक, सङ्गीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको रोमान्टिक शैलीको गीतमान शब्द निकै मिठासपूर्ण छन् । गायक बद्री र रचनाको स्वरमा गीत कर्णप्रिय बानेको छ । गीतमा माया प्रेमबाटै अन्तयात्रा हुनसक्ने चर्चा गरिएको छ । गीतका शब्द सरल र मिठासपूर्ण छन् ।

लोक तथा आधुनिक गीतसंगीतमा एउटा अलग्गै उँचाइ बनाउन सफल सर्जक पन्तको यो गीतले पछिल्लो समय लोकगीतसंगीतमा देखिएको मौलिक खडेरी टारेको छ । गीतको एरेन्ज एचबिएन किस्मतले गरेका हुन् । गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय छ ।
प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । गीत सर्जक कस्तुपकै अफिसियल युट्युब च्यानल कस्तुप पन्त युट्युबबाट सार्वजनिक गरिएको छ ।

गीत सबै बर्गमा मानिसको रुचिमा ध्यानमा राखेर निर्माण गरिएको सर्जक पन्तले बताए । उनले गीतसंगीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गरेका छन् । सार्वजनिक भए देखिनै गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । कस्तुप पन्तको शब्द सङ्गीतमा रहेको गीत ‘मगमग वासना’ मेरो आफ्नो शैलीको निरन्तरता भएको गायक बद्री पंगेनीले बताए । ‘दर्शकले यो सुनेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वास छ’, पंगेनीले भने ‘यो गीत प्रति पनि श्रोता दर्शकको आर्सीवाद मिल्छ भन्ने विश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर