सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको सङ्घर्षको कथा हो नाटक ‘अगम’ — OSNepal

सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको सङ्घर्षको कथा हो नाटक ‘अगम’

admin September 22, 2024 0

नाटक ‘अगम’ मण्डला थ्रियटरमा १ सातादेखि प्रदृशन भइरहेको छ । सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको सङ्घर्षको कथा हेर्ने आज अन्तिम दिन हो । १ सातादेखि प्रर्दशनरत नाटक ‘अगम’ले दर्शकको राम्रो साथ पाइरहेका बेला आज अन्तिम दिन साँझ ५ बजे सिंगल शोका रुपमा प्रदृशन हुँदैछ । नाटकमा आशारनिराशाका कथा छन्, जसले हाम्रो समाजमा महिलामाथि हुने अनेकन अत्याचारका मुद्दाको झलक दिन्छ । जुन सामान्यतया लुकाइन्छ र बेवास्ता गरिन्छ । नाटकले दर्शकलाई एउटा आदिम समाजमा लैजान्छ, जहाँ महिलाको मूल्यमान्यता र बच्चा जन्माउने क्षमतालाई गहिरो रूपले गाज्न खोजेको देखिन्छ ।

नाटकमा एक महिलाको पीडादायी यात्रको पीडा छ, जसको जीवन बारम्बार गर्भपात र समाजको अपमानले परिवर्तन हुन्छ । एउटी महिला आमा बन्न नसकेपछि परिवार र समाजको दबाब कुन स्तरको हुन्छ र महिलाको मानसिक अवस्था कस्तो हुन्छ भन्ने कुरालाई नाटकमा देखाउन खोजिएको छ । मानसिक आवेगले कसरी एउटी महिला आपराधिक घटनातर्फ होमिन्छिन् भन्ने पाटोलाई पनि नाटकभित्र उजागर गर्न खोजिएको छ ।

महिलाको आँखाबाट भनिएको कथाले महिलाको पीडामा केही हदसम्म मलहम लगाउन सकिन्छ कि भन्ने आशाले नाटक निर्देशन गर्न होमिएको लेखक तथा निर्देशक प्रीतिशा अधिकारी बताउनुहुन्छ । यहाँ साक्षर र शिक्षित समाज फरक छ । नाटकबाट दर्शकले बुझ्नुपर्ने कुरा के हो भने, जब महिलालाई मातृत्वसँग सम्बन्धित कुनै पनि गल्ती नगर्नुपर्ने एक उचाइमा राखिन्छ । उनीहरू वंश परम्परालाई जोगाउनुपर्ने जिम्मेवारीको मानसिक भारले थिचिन्छन्, उनीहरूलाई अपराध गर्न बाध्य पारिन्छ । यिनै कुरालाई नाटकीय स्वरूपमा एउटा महिलाभित्र लुकेको अनेकन पीडा नाटकमार्फत बाहिर ल्याउने प्रयत्न गरेकी छु ।

नाटकमा सुष्मा निरौला, उमेश सुनाम, दिपेश काफ्ले, सोनिका शाही ठकुरी, स्वर्णिम चाम्लिङ, सनम श्रेष्ठ, सुष्मा लामा , रोशन, बसु बराल लगायतको अभिनय रहेको छ भने सहायक निर्देशकमा रोशन रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर