छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकार नागरिकको जीवन रक्षा गर्न दृढताका साथ अगाडी बढ्ने :गृहमन्त्री खाँड — OSNepal

छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकार नागरिकको जीवन रक्षा गर्न दृढताका साथ अगाडी बढ्ने :गृहमन्त्री खाँड

LC (KTM) August 03, 2021 0

काठमाडौँ १९ साउन । महाकालीमा वेपत्ता भएका जयसिंह धामीको घटनाको विषयमा गृहमन्त्री बालकृष्ण खाँणले सरकारले गठन गरेको छानविन समितिले पेश गरेको प्रतिवेदनको आधारमा निर्णय गरिने बताएका छन् ।

गत शुक्रबार तुईन चढेर महाकाली नदी तर्ने क्रममा भारतिय एसएसबीले तुइनको डोरी काटिदिएपछि धामी महाकाली नदीमा वेपत्ता भएका थिए । यो विषयमा आज बसेको प्रतिनिधि सभामा सरकारको लागि प्रश्नै प्रश्न उठेको हो ।

संसद बैठकमा सम्बोधन गर्दै गृहमन्त्री खाँडले भने, ‘म माननीयज्यूहरूको संवेदनसीलताको सम्मान गर्छु, यसमा सरकारले छानबिन समिति बनाएको छ, समितिले घटनास्थलमै पुगेरै छानविन गर्ने छ, तुइन तर्न सफल भएका चार जनासँग समितिले सोधपुछ गरेको छ, उहाँहरूको जानकारीलाई छानबिन समितिले मूल आधार बनाउने हो ।’

छानविन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार दृढताका साथ अगाडी बढ्ने विश्वास दिलाएका खाँडले नागरिकको जीवन रक्षा गर्नु सरकारको मूल दायित्व भएको बताका छन् ।

बैठकमा प्रतिपक्षी नेकपा एमाले यस विषयलाई लिएर निकै आक्रोशित बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर