देउवाले डा. गौतमको सरुवा रोक्न भनेपनि अन्तत: गौतमको सरुवा भयो सदर पुगे प्रसुती तथा स्त्रीरोग अस्पताल — OSNepal

देउवाले डा. गौतमको सरुवा रोक्न भनेपनि अन्तत: गौतमको सरुवा भयो सदर पुगे प्रसुती तथा स्त्रीरोग अस्पताल

LC (KTM) August 03, 2021 0

काठमाडौँ १९ साउन । अन्तत: वीर अस्पतालको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा सदर भएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको हेरफेर मान्य नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त कार्यन्वयन रोक्न आग्रह गरेका थिए ।

स्वास्थ्य विभाग आफैले राखेर राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका देउवाले श्रेष्ठले गरेको हेरफेर रोक्न भनेका थिए ।

डा गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरिएको छ भने , युनिफाइड केन्द्रीय अस्पतालमा डा.भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर