शर्मिलाको मन सिउने धागोमा बेरिए पेमा र कृतिशा — OSNepal

शर्मिलाको मन सिउने धागोमा बेरिए पेमा र कृतिशा

admin September 21, 2024 0

काठमाडौं । शर्मिला बर्देवाको स्वर समावेश गीति भिडियो ‘मन सिउने धागो’ सार्वजनिक भएको छ । गायिका बर्देवाकै युट्युव च्यानलबाट सार्वजनिक गीतले एक नारीको पति वियोग बोल्छ । युवावस्थामै पति गुमाउन पुगेकी एक युवतीको पीडालाई निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’ले भिडियोमा प्रस्तुत गरेका छन् ।

भिडियोमा मोडल तथा गायक पेमा दावा लामासँगै कृतिशा केसी फिचर्ड छन् । गत महिना गायक दुर्गेश थापाको गीत ‘झुम्का हरायो’मा मोडल तथा अभिनेत्री गरिमा शर्मासँग जोडि बाँधेपछि मिडियामा छाएका तिब्बतियन गायक लामाले नेपाली गीतको मोडलिङमा यो भिडियोबाट निरन्तरता दिएका हुन् ।

नरेश आएरको टिमले छायांकन गरेको भिडियोमा सम्पादन र कलरिङ मिन रावलको छ । यो भिडियोलाई सरोज परियारले निर्माण गरेका हुन् । गीतको अडियोतर्फ कम्पोज मीरा रानाको छ भने एरेञ्जको काम मनोहर सुनामले गरेका छन् । मिक्सिङ तथा मास्टरिङ भोला पौडेलको छ । भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर