कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य — OSNepal

कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य

LC (KTM) September 20, 2024 0

विराटनगर, ४ असोज : कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गर्नुभयो ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गर्नुभएको निर्णय सभामुख विष्टले आजको बैठकमा पढेर सुनाउनुभएको थियो । गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर