जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ — OSNepal

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

LC (KTM) September 20, 2024 0

कैलाली, ४ असोज- धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित नास्ता पसल संचालन गरी बस्ने बझाङ जयपृथ्वी नगरपालिका-५ घर भएका ४५ वर्षीय प्रयाग राज जोशी समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर