एसियाली १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाको सम्मेलन नेपालमा — OSNepal

एसियाली १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाको सम्मेलन नेपालमा

LC (KTM) September 19, 2024 0

काठमाडौँ, ३ असोजः एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला नेपालमा हुने भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाको सम्मेलन(एसिक कन्फ्रेन्स)मा ती देशका सरकारी निकाय सहभागी हुनेछन् । ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो ।

शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औँ वार्सिकोत्सव एवं एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायको आ–आफ्नो देशको अनुभवसहित यस क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिनुभयो । यसपटक सम्मेलनमा नवप्रवर्तनका विषयलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । “आफ्नो नयाँ सोचलाई धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ”, उहाँले भन्नुभयो ।

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ लगायत मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ । सम्मेलनका छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर