वेस्टन मोटर्स प्रालीको १७ औँ वार्षिक साधारण सभामा देखिए यस्ता गज्जबका दृश्य, उत्कृष्ट कर्मचारी पुरस्कृत (फोटोफिचर) — OSNepal

वेस्टन मोटर्स प्रालीको १७ औँ वार्षिक साधारण सभामा देखिए यस्ता गज्जबका दृश्य, उत्कृष्ट कर्मचारी पुरस्कृत (फोटोफिचर)

admin September 19, 2024 0

काठमाडौ । वेस्टन मोटर्स प्रालीले १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नेपाल सरकारका सचिव विनोद प्रकाश सिंह, ट्राफिक प्रहरीका प्रमुख तथा डिआईजी भरत बहादुर बोहरा, बरिष्ठ अधिवक्ता रामप्रसाद भट्टराईको सहभागितामा साधारण सभा सम्पन्न गरेको हो ।

सो अवसरमा नेपाल अटोमोटिभ व्यबसायी एसोसियसनका अध्यक्ष समेत रहेका वेस्टन मोटर्स प्रालीका प्रबन्ध निर्देशक खगेन्द्र सिंह बमले २०८०÷८१ को कम्पनीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारीले ओगटेको बजारप्रति चिन्ता व्यक्त गर्दै अन्य सवारीको बिक्रीमा गिरावट आएको उनले बताए । आगामी दिनमा रचनात्मक भूमिका खेल्न सम्बन्धित सबैमा उनले अपिल गरेका छन् । प्रालिका वरिष्ठ उपाध्यक्ष कुमार चिमौरियाले स्वागत मन्तब्य दिएका थिए ।

सो अवसरमा नेपाल सरकार सचिव विनोद प्रकाश सिंह, वरिष्ठ अधिवक्ता तथा वेस्टर्न मोटर्सका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता रामप्रसाद भट्टराई, सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, एनएमबी बैंक सितापाईला ब्राञ्च, एनएबि एसोसियसन, युभी एसोसियट्स चार्टड एकाउन्टेन्ट्सका सीईओ विरोचन खनाललाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो । ग्रोथ बुस्टर अवार्ड कम्पनीकि म्यानेजर संगीता पुडासैनी, हाइएस्ट इभी सेल्स अवार्ड कम्पनी म्यानेजर सौरभ गौतम, लङ टर्म एसोसियसन अवार्ड संगीता श्रेष्ठलाई प्रदान गरिएको थियो । तीनै जनालाई जनही ५१ हजारका दरले नगद समेत प्रदान गरिएको थियो । वार्षिक साधारण सभाकै अवसरमा यस आर्थिक वर्षदेखि कम्पनीमा ५ वर्ष सेवा दिएका कर्मचारीलाई लाभांसको ५ प्रतिशत सेयर दिने घोषणा समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर