देउवालाई भट्टराईको सुझाव-प्रधानमन्त्री ज्यू, तपाईको समय अब सुरु भएको छ हेक्का रहोस् ,यो सरकारलाई कुनै छुट छैन — OSNepal

देउवालाई भट्टराईको सुझाव-प्रधानमन्त्री ज्यू, तपाईको समय अब सुरु भएको छ हेक्का रहोस् ,यो सरकारलाई कुनै छुट छैन

LC (KTM) August 03, 2021 0

काठमाडौं १९ साउन । नेकपा एमालेका नेता योगेश भट्टराईले कांग्रेस नेतृत्व सरकारलाई खोपको जती चर्चा गरेपनि कार्यन्वयनमा ल्याउन नसेकेको आरोप लगाएका छन् ।

आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेता भट्टराईले यो सरकारलाई कुनै छुट नभएको भन्दै आक्रोश पोखेका हुन् ।

कोरोनाको यो महामारीमा उपलब्ध खोपलाई समेत जनताको पहुँचमा पुर्याउन नसकेको भन्दै खोप केन्द्रमा नै सुशासन भएको र पटक पटक स्थगित गरिएको समेत बताएका छन् ।

हजारौँ स्वास्थ्यकर्मी खोप लगाउने जिम्मेवारी पाए पनि काम नपाएको बताएका उनले बैठकमा भने, ‘प्रधानमन्त्री ज्यू, तपाईको समय अब सुरु भएको छ, हेक्का रहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर