राजेन्द्र महतोको अध्यक्षतामा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ दलको घोषणा — OSNepal

राजेन्द्र महतोको अध्यक्षतामा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ दलको घोषणा

LC (KTM) September 17, 2024 0

काठमाडौँ, १ असोजः पूर्वमन्त्री राजेन्द्र महतोको अध्यक्षतामा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक नयाँ पार्टी गठन भएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको आज बसेको राष्ट्रिय समितिको बैठकले अभियानका संयोजक महतोको नेतृत्वमा नयाँ दल गठन गर्ने निर्णय गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को वरिष्ठ नेताबाट अलग भएपछि नेता महतोले करिब छ महिना राष्ट्रिय मुक्ति क्रान्तिको अभियान सञ्चालन गरेर आज नयाँ दलको घोषणा गर्नुभएको हो ।

पार्टीका नेता केशव झाकानुसार बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्नेबारे निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको छ । सबै कानुनी प्रक्रिया पूरागरी विधिवत् रूपमा निर्वाचन आयोगमा दल दर्तासम्बन्धी सबै कागजातमा हस्ताक्षर गर्ने तथा दल दर्ताको गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिइएको छ । पार्टीका पदाधिकारीको भने टुङ्गो लागि नसकेको नेता झाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर