प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड नोभेम्बर १६, २०२४ मा अमेरिकाको क्यालिफोर्नियामा हुने — OSNepal

प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड नोभेम्बर १६, २०२४ मा अमेरिकाको क्यालिफोर्नियामा हुने

admin September 16, 2024 0

अमेरिका । प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड नोभेम्बर १६, २०२४ मा अमेरिकामा हुने भएको छ । जसको तयारीका लागि एक भव्य प्रेसमिटको आयोजना गर्दै कार्यक्रमका बारेमा जानकारी दिइएको छ । ४० भन्दा बढी सहभागी कार्यक्रममा बे एरियाका विभिन्न संघसंस्थाका अध्यक्षहरु, सामाजिक कार्यकर्ताहरू, र नेपाली समुदायका प्रतिष्ठित नेताहरूको उपस्थिति रहेको थियो। प्रेस मिटका क्रममा कार्यक्रम आयोजकहरूले पहिलो चरणमा अनलाइन टिकटको आधिकारिक रूपमा बिक्री सुरू भएको जानकारी दिएका थिए । जसमा टिकटमा २०% (छुट अन्तिम मिति – अक्टोबर १५ , ११:५९ pm) छुट उपलब्ध हुने जानकारी दिँदै बाल्कोनीको जनरलका लागि ४० डलर, स्पेशल मेन फ्लोरका लागि ६० डलर , भिआईपी मेन फ्लोरका लागि १ सय ६० डलर र भिभिआईपी मेन फ्ल्वरका लागि २ सय ५० डलर लाग्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै पाण्डे रियालिटीबाट नयन पाण्डेले स्वागत मन्तब्य राख्दै कार्यक्रम पहिलो भएता पनि खास हुने बताएका थिए । त्यस्तै सोमनामे एलएलसीका तर्फबाट बोल्दै नारायण सोमनामेले सम्पूर्ण समुदायका नेताहरूलाई यस कार्यक्रमलाई सामूहिक प्रयासको रूपमा लिन आग्रह गरेका थिए । उनले यस कार्यक्रम नर्दन क्यालिफोर्नियाका सम्पूर्ण नेपाली समुदायको उपस्थितीमा खुशी व्यक्त गरेका थिए । त्यस्तै हिमालयन फाउण्डेसन क्रपका तर्फबाट यज्ञलाल श्रेष्ठले कार्यक्रमको मोडालिटीका बारेमा जानकारी दिएका थिए । उनले कार्यक्रम भव्य र सभ्य हुने कुरामा पनि जोड दिए । त्यस्तै अर्का वक्ता सुजित सिंहले जुरी सदस्यको चयनलाई अनुभवका आधारमा गरिएको बताए भने रवि सिंह बस्नेतले छनौट गरिएका फिल्म र कार्यक्रममा सहभागी हुने व्यक्तिको बारेमा जानकारी दिए। साथै, छनौट भएका चलचित्रका कलाकारहरूले कार्यक्रममा प्रत्यक्ष प्रसारण गर्ने घोषणा पनि गरे। कार्यक्रम अवार्ड शो मात्र नभएर पारिवारिक मनोरञ्जन कार्यक्रम पनि हुनेछ, जसमा गायक गायिका, हाँस्यकलाकार र चर्चित अभिनेता अभिनेत्रीहरुको पनि उपस्थिती रहने आयोजकले जनाएको छ । प्रेस मिटमा नेपाली समुदायका विभिन्न नेताहरूको उपस्थिति रहेको थियो ।

जसमा प्रमुख सहभागीहरूमा नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया एनएएनसीका अध्यक्ष प्रितिश कार्की, मुक्निाथ मन्दिर, रिचमण्ड सिएका अध्यक्ष अनिल पाण्डे, वरिष्ठ सामाजिक कार्यकर्ता जस्तै गोबिन्द शाही, श्रीराम थापा, उत्त्म कार्की, लक्ष्मी खरेल, विष्णु खत्री लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक श्याम भट्राई र जिरे खुर्सानीका कलकार भोगलाग्यो पनि उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको अन्त्यमा क्यू एण्ड ए फेज पनि संचालन गरिएको थियो । जहाँ सहभागीहरूले प्रश्नहरू सोध्न र सुझावहरू दिएका थिए । कार्यक्रम सफलतापूर्वक सम्पन्न हुँदै पहिलो चरणको टिकट औपचारिक रूपमा विमोचन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर