बैंकिङ कसूर मुद्दाका फरार विनोद कुमार भक्तपुर काडाँघारीबाट पक्राउ — OSNepal

बैंकिङ कसूर मुद्दाका फरार विनोद कुमार भक्तपुर काडाँघारीबाट पक्राउ

LC (KTM) August 03, 2021 0

काठमाडौं १९ साउन। बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी बाँके नेपालगंज उपमहानगरपालिका(१ ठेगाना भएका ५६ वर्षीय विनोद कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगंजको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख जरिवाना र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर काडाँघारीबाट पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी नविल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर