पार्टी एकताको लागि विघटित कार्यदलका सदस्यहरु फेरि छलफलमा जुटे — OSNepal

पार्टी एकताको लागि विघटित कार्यदलका सदस्यहरु फेरि छलफलमा जुटे

LC (KTM) August 03, 2021 0

काठमाडौं १९ साउन । पार्टी एकताको लागि अब ढिला गर्न नहुने भन्दै नेकपा एमालेका विघटित कार्यदलका सदस्यहरु छलफलमा लागेका छन् ।

आज मैगलबार पार्टी एकताको लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबिच छलफल हुनु पर्ने भन्दै दुवैलाई छलफलमा जुटाउन कार्यदलका सदस्यहरु छलफलमा लागि परेका हुन् ।

पावर शेयरिङको विषयमा नेताहरु भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डे ‘बिच छलफल भइरहेको छ ।

हिजो नेता नेपाल पक्षको स्थायी कमिटी बैठकमा नेता नेपाललाई पार्टी एकताको लागि ओलीसँग पावर शेयरिङको विषयमा छलफल गर्नुपर्ने नेताहरुले आग्रह पनि नेपाल अ‍ोलीलाई भेट्न सहमत भएका छन् ।

ओलीलाई भेट्नु अघि नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर