आज बस्ने मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ सहभागी हुन नपाउने — OSNepal

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ सहभागी हुन नपाउने

LC (KTM) August 03, 2021 0

काठमाडौँ १९ साउन । आज बस्ने मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ सहभागी नुहने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह्र चार बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा बस्ने नपाउने भएका छन् । राज्यमन्त्री मन्त्रिपरिषद्को बैठकमा बस्ने प्रचलन नभएकाले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ बैठकमा नबस्ने भएका हुन् ।

प्रधानमन्त्री देउवासहित चार जनाको मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री बनेको तीन साता नाघिसक्दा पनि देउवाले मन्त्रिपरिषद् भने विस्तार गर्न सकेका छैनन् ।

कारण सत्ता साझेदारी दलहरुले सरकारमा सहभागी मन्त्रीको नाम टुंग्याउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर