राज्यमन्त्री श्रेष्ठले निर्णय गर्न नमिल्ने भन्दै देउवाले रोके गौतम सहित चार जनाको सरुवा — OSNepal

राज्यमन्त्री श्रेष्ठले निर्णय गर्न नमिल्ने भन्दै देउवाले रोके गौतम सहित चार जनाको सरुवा

LC (KTM) August 03, 2021 0

काठमाडौँ १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले डा। जागेश्वर गौतमको सुरुवा रोकका छन् ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा। जागेश्वर गौतमसहित चार जनाको सरुवा स्थगित गरेका हुन् ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निर्णय गर्न नमिल्ने भन्दै देउवाले निणर्य कार्यान्वयनमा रोक लगाएका छन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका देउवाले श्रेष्ठको गरेको हेरफेर रोकेका हुन् ।

श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलमा युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनी,स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर