नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण — OSNepal

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

LC (KTM) September 08, 2024 0

काठमाडौँ, २३ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेर्नेलगायत विषयमा ध्यानाकर्षण गराइएको छ ।आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर त्यहाँबाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य, पार्टीको तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितका प्रतिनिधिले मागपत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

मागपत्रमा जिल्लाको नामाकरण नवलपुर गरिनुपर्ने, धौवाधी फलाम खानीको उत्खनन कार्य निरन्तर हुनुपर्ने, त्रिवेणी–दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमूना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार सञ्चालन हुनुपर्नेलगायत विषय उल्लेख गरिएका छन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रले धान्ने अवस्थालाई ख्याल गरेर विकास निर्माणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उत्पादकत्व वृद्धि र लोकतन्त्रको रक्षामा आफ्नो तर्फबाट योगदान गर्न आह्वान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर