‘कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ’ - मुख्यमन्त्री कार्की — OSNepal

‘कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ’ – मुख्यमन्त्री कार्की

LC (KTM) September 07, 2024 0

विराटनगर, २२ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभएको छ ।

२१औँ निजामती सेवा दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले कर्मचारीहरुले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ भन्नुभयो । सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उहाँले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरु समर्पित हुनु जरुरी रहेकामा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको कुरामा जोड दिनुभयो ।

निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै उहाँले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गर्नुभयो । उहाँले सन्देशमा र कर्मचारीहरु उच्च नैतिक आचरण र पेशागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर