अर्थ समितिको बैठक भोलि बस्ने — OSNepal

अर्थ समितिको बैठक भोलि बस्ने

LC (KTM) September 07, 2024 0

काठमाडौं, २२ भदौ : सङ्घीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर