निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक - ओली — OSNepal

निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक – ओली

LC (KTM) September 04, 2024 0

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्चको १२ औँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिभिन्न चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि साझा प्रयत्न आवश्यक रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको जिकिर गर्नुभयो । हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको उहाको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जननाको मताधिकारको सम्मान हुने पनि उल्लेख गर्नुभयो ।

सम्मेलनमा निर्वाचनका जल्दाबल्दा मुद्धा ः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसार्ईँसराई बिषयमा केन्द्रित भई छलफल हुने बताइएको छ । सो अवसरमा मञ्चका अध्यक्ष भूटानका निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गर्नुभयो । सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर