बहुदलीय व्यवस्थापछिको अवधिको पुनःमूल्याङ्कन गर्न आवश्यक : अध्यक्ष यादव — OSNepal

बहुदलीय व्यवस्थापछिको अवधिको पुनःमूल्याङ्कन गर्न आवश्यक : अध्यक्ष यादव

LC (KTM) September 02, 2024 0

वीरगञ्ज (पर्सा- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २०४६ सालको बहुदलीय व्यवस्था स्थापनापछिको ३५ वर्षको अवधिमा भएका गतिविधिको गम्भीर ढङ्गले समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभएको छ ।

वीरगञ्जमा आयोजित ‘जनतासँग जसपा नेपाल ः आधारभूत सङ्गठन निर्माण’ अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले भन्नुभयो, “२०४६ सालदेखि २०८१ सालसम्म भए÷गरेका कामको गम्भीरतापूर्वक पुनःमूल्याङ्कन र समीक्षा गर्नुपर्ने बेला भएको छ ।”

अध्यक्ष यादवले बहुदलीय व्यवस्था स्थापनाको ३५ वर्षे अवधिमा पनि जनताले अपेक्षाकृत ढङ्गले विकास र अन्य कुराको अनुभव गर्न नपाएको बताउनुभयो । “यस विषयमा समीक्षा गर्न जरुरी भइसकेको छ,” उहाँले भन्नुभयो, “मुलुकमा गणतन्त्र स्थापना भएको पनि करिब १६ वर्ष भइसक्यो तर जनताको आवश्यकता र चाहनामा अपेक्षाकृत सुधार हुन नसक्नु गम्भीर विषय हो ।”

अध्यक्ष यादवले मुलुकमा गरिबी र बेरोजगारी समस्याले जनताको अवस्था नाजुक बन्दै गएको बताउनुभयो । “अहिले मुलुकमा बेरोजगारी र गरिबी मुख्य चुनौतीका रुपमा देखापरेको छ,” उहाँले भन्नुभयो, “अर्काेतर्फ मुलुकमा कृषक र मजदुरको अवस्था पनि झन् कठिन अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा मधेसी जनताको संरक्षण र प्रवद्र्धन गर्ने पार्टीको रुपमा क्षेत्रीय पार्टी अग्रसर हुन जरुरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर