काठमाडौं, १६ भदौ-झापा, बिर्तामोड नगरपालिका-५ हिकोला मोडस्थित सडकमा प्र.१-०२-००२ ख ००३५ नम्बरको बसले प्र.१-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकलाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम माई नगरपालिका-४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको वीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, लुम्बिनी सास्कृतिक नगरपालिका-११ कोठी पुलस्थित सडकमा लुम्बिनीबाट कपिलवस्तुतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई शनिबार राती दुर्घटना हुँदा साइकल चालक हाल नाम, थर, वतन नखुलेका २५ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
कैलाली, गोदावरी नगरपालिका-१ स्थित सडक छेउमा रोकी राखेको ना.४ ख ९६३ नम्बरको ट्रकमा से.५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएर गए राती दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-२ भन्सार रोड बस्ने २९ वर्षीय कैलाश थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।