एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित काठमाडौँबाट अञ्जु र मुनासहित नौ जना समातिए — OSNepal

एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित काठमाडौँबाट अञ्जु र मुनासहित नौ जना समातिए

LC (KTM) August 03, 2021 0
nepal police

नेपाल प्रहरीले एक किलोे १२ ग्राम लागूऔषध कोकिनसहित नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापामगर, गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, भारत दक्षिण गोवाका ३९ वर्षीय सन्दीप पटेल, धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौँ महानगरपालिका–१३ का ४९ वर्षीय सुदन शाक्य र धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मछिन्द्र धमला रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले लागूऔषध कोकिनसहित उनीहरुलाई पक्राउ गरिएको हो । यही साउन ७ गते ५०० ग्राम कोकिनसहित चार जनालाई पक्राउ गरेको ब्यूरोले उक्त सूचनाका आधारमा थप नौ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले गोरखाका सुरज गुरुङलाई चितवनबाट पक्राउ गरे पनि उनले काठमाडौँको तारकेश्वरमा कोकिन लुकाएर राखेको अनुसन्धानमा खुल्न आएको थियो । उक्त अनुसन्धानका आधारमा प्रहरीले सुरजसँग ६८३ ग्राम कोकिन र नगद रु तीन हजार ५७५ बरामद गरेको छ ।

यस्तै, ३२९ ग्राम कोकिन र नगद रु सात लाख ५० हजारसहित अञ्जुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका सबैलाई लागूऔषध ९नियन्त्रण० ऐन २०३३ अन्तर्गत म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर