काठमाडौँ– भारतमा थप ३० हजार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या घटेर ३० हजार ३१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख २५ हजार ३९९ पुगेको छ । अब भारतमा सकृय संक्रमितको संख्या ४ लाख ११ हजार ४६९ रहेको छ । यस्तै त्यहाँ एकैदिन ४२० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार २२८ पुगेको छ ।