लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ — OSNepal

लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ

LC (KTM) August 22, 2024 0

काठमाडौं, ६ भदौ-सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-१० बसपार्कस्थित संगिता खाजा घरकी संचालकदैलेख भैरवी गाउँपालिका-१ घर भएकी३९ वर्षीया संगिता कार्कीलाईअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा,मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-११ बस्ने २४ वर्षीय निलजङ बस्नेत र मोरङ उर्लाबारी नगरपालिका-२ बस्ने २४ वर्षीय खुमराज भण्डारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ चम्मन चौराहस्थित गोकुलेश्वर म:म सेन्टरका संचालक सोही नगरपालिका-१८ निम्बुखेडा घर भएका ४४ वर्षीय मदन नाथलाईअवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ सय ६० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर