जन्म दिनका दिनमा नै आमा गुमाए अभिनेता विपिन कार्कीले — OSNepal

जन्म दिनका दिनमा नै आमा गुमाए अभिनेता विपिन कार्कीले

LC (KTM) August 22, 2024 0

अभिनेता विपिन कार्कीकी आमाकोे निधन भएको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा विहिबार बिहान ६ बजे पाटन अस्पतालमा७२ वर्षको उमेरमा निधन भएको हो । विभिन्न दीर्घरोगबाट पीडित आमा सरस्वतीको निधन भएपछि विपिन अहिले गहिरो शोकमा डुबेका छन् । विपिनले ४ दिन देखी भेन्टिलेटरमा राखेर आमाको उपचार गराइरहेको बताएका थिए । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । विपिनकी आमा सरस्वतीको पार्थिव शरिरलाई अहिले पशुपति आर्यघाटमा लगेर अन्ति संस्कार गरिदैछ ।

आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए । अभिनेता कार्कीको आज जन्मदिन पनि हो । उनले आज नै आमाले संसार छाडेर गएपछ खसशीको दिन शोकमा बदलिएको छ । यो दिनमा उनले अब कहिल्यै आफ्नो जन्म दिन मनाउन पाउने छैनन् । पछिल्लो समय फिल्ममा निकै व्यस्त रहेका विपिनको अभिनय धेरैले मन पराउछन् । उनले चलचित्र भस्मेडमा काम गरेपछि चर्चा बटुलेका थिए । यसै बिच अर्को खबर रहेको बलिउडको । फिल्म ‘किङ’मा बलिउड नायक शाहरुख खान र उनकी छोरी सुहानाको अभिनय रहने पक्का भएको छ । शाहरुखले भर्खरै एक अन्तरवार्तामा यसको पुष्टि गरेका हुन् ।

स्विट्जरल्याण्डमा जारी लोकार्नो फिल्म फेस्टिभलमा जिओना ए नाजारोसँगको कुराकानीमा शाहरुखले आफ्नो आगामी फिल्म ‘किङ’ रहेको बताएका हुन् । यस फिल्ममा उनकी छोरी सुहाना यसअघि नै अनुबन्ध भइसकेकी छन् । यस फिल्मको खलपात्रको भूमिकामा अभिषेक बच्चन रहेका छन् । छिल्लो सात वर्षदेखि आफूले गर्न चाहेको कथा भएकाले यस फिल्ममा जोडिएको शाहखले बताएका छन् ।

यो शाहरुख र सुहानाको पहिलो सहकार्य हो । ‘म फिल्म गर्नुअघि साथीहरू र फिल्म क्षेत्रका मान्छेहरूलाई यस्तो कथामा काम गर्न मन छ भनेर कुरा राख्छु । उनी
हरूले त्यहीअनुसारको कथा सुनाए भने काम गर्छु,‘ उनले भने, ‘म पछिल्लो ७ वर्षदेखि उमेर केन्द्रित फिल्म गर्न चाहिरहेको थिएँ । सुयोगले घोशले मेरो अफिसमा आएर तपाईंले खोजे जस्तो कथा छ भन्नुभएको थियो ।’ ‘किङ’का लागि शाहरुखले तौल घटाउनुपर्ने छ । यसलाई शाहरुखले चुनौतीपूर्ण कामका रुपमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर