तस्विरमा हेर्नुहोस गाईजात्राको रौनक — OSNepal

तस्विरमा हेर्नुहोस गाईजात्राको रौनक

LC (KTM) August 21, 2024 0

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा मङ्गलबार काठमाडौँको बसन्तपुरमा सहभागीहरु । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । तस्बिर : हरिराम भेटुवाल/ रासस

ताप्लेजुङमा गाईजात्रा
फुङ्लिङ, ४ भदौः ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा नेवार समुदायहरुले निकालेका गाईजात्रामा लाखे नाच, ठ्याक ठुक्के नचा र गाईजात्रा बनाउँदै । ताप्लेजुङ लगायत नेवासर समुदायको बसोबास गर्ने विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । तस्बिरः दिलकुमार लिम्बू÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर