मन्त्रिपरिषद् विस्तारबारे देउवा , प्रचण्ड र यादवबिच निर्णायक छलफल सुरु — OSNepal

मन्त्रिपरिषद् विस्तारबारे देउवा , प्रचण्ड र यादवबिच निर्णायक छलफल सुरु

LC (KTM) August 02, 2021 0

काठमाडौं १८ साउन । नेकपा एमाले सरकार ढालेर बनेको गठवन्धनको सरकारले तीन साता वितिसक्दा पनि मन्त्रिमण्डल गठन गर्न सकेको छैन ।

मन्त्रीको चयन गर्न दलका शीर्ष नेतालाई जिम्मा दिएपनि शीर्ष नेताहरुले मन्त्री चयन गर्न नसकेपछि आज मन्त्रीमण्डललाई पुर्णता दिने गरी निणर्य गर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच निर्णायक छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ । अब मन्त्रिपरिषद् विस्तारबारे ढिलाई गर्न नहुने भन्दै प्रधानमन्त्री देउवाले प्रचण्ड र यादवलाई दवाव दिएका छन् ।

सम्भवत: आजै उनीहरुले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर