लोकगायक रेशम थापालाई यस बर्षको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिने — OSNepal

लोकगायक रेशम थापालाई यस बर्षको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिने

Bibek Karki August 13, 2024 0

नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८१ यसवर्ष बरिष्ठ लोक गायक श्री रेशम थापा प्रदान गरिने भएको छ ।

काँठ क्षेत्रमा ख्याति कमाएका लोकगायक रेशम थापाका खानी खोला, रुमालै छ चिनो, पराई घर, मेरो फोटो किन जलायौं, भेटें जोडीलाई, डालिको फुल, घायल मुटु, बेसी टारी खेत, न्याउली किन रुँदैछ, लाग्यो भिषा, चौतारा दोलालघाट लगायत सयौंको संख्यामा उनका गीतहरु चर्चामा रहेका छन् ।टिका गोपाल डिजिटल एम्. क्रियशन प्रा.लि.का संचालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा गायक थापालाई पुरस्कार प्रदान गर्न दलागिएको हो ।

लोकप्रिय गायक तथा सङ्गीतकार कन्हैया सिंह परियारको जन्मदिनको अवसर पारेर उक्त पुरस्कारको घोषणा गरिएको हो । पुरस्कारको राशी ५०,००० (पचास हजार ) नगद रुपैया सहित सम्मान पत्र रहेको छ । गायक थापा पछिल्लो समय पक्षघात रोगबाट समेत ग्रसित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर