सत्तापक्षलाई एमालेको प्रश्न :ओलीमुक्त नेपाल बनाउने भनेको के हो? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ ? वा जेल हाल्न चाहानुहुन्छ ? — OSNepal

सत्तापक्षलाई एमालेको प्रश्न :ओलीमुक्त नेपाल बनाउने भनेको के हो? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ ? वा जेल हाल्न चाहानुहुन्छ ?

LC (KTM) August 02, 2021 0

काठमाडौं १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले सत्तापक्षलाई चेतावनी दिँदै केपी ओलीमुक्त नेपाल बनाउने सपना सफल नहुने बताएका हुन् ।

उनले सत्ता पक्षलाई पश्न गर्दै भनेका छन्, ‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ ? वा जेल हाल्न चाहानुहुन्छ ? यसको उत्तर सत्ताधारीले दिनुपर्छ ।’

कार्यक्रममा पोखरेलले नेपालको राजनीति संक्रमणकालिन अवस्थामा भएकोले आफूहरु निर्वाचनको पक्षमा रहेकोले जहिल्यै पनि निर्वाचनमा जान तयार रहेको बताएका छन् । गठवन्धन दलहरुले ओली सरकारलाई ढाल्न नसकेपछि अदालतको प्रयोग गरेर ओली सरकार ढालेको आरोप लगाएका छन् ।

उनले भने,‘हिजो निर्वाचनलाई प्रतिगमन देख्नेहरु आज यिनीहरुले निर्वाचन गर्छनजस्तो मलाई चाहीँ लाग्दैन् ।’ उनले सत्तापक्षीय गठबन्धनले निर्वाचन गराउनुभन्दापनि बरु अदालतबाटै १० वर्ष नै यो सरकारको आयु लम्ब्याउन मिल्ने भए त्यतातिर जानसक्ने, किनभने सेटिङमा अदालतबाट फैसला गराउनुभएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर