तुइन काटेर जयसिंह धामी नदीमा खसेको घटना मानवीयता विरोधी र लज्जास्पद घटनामा सरकार किन मौन ? — OSNepal

तुइन काटेर जयसिंह धामी नदीमा खसेको घटना मानवीयता विरोधी र लज्जास्पद घटनामा सरकार किन मौन ?

LC (KTM) August 02, 2021 0

काठमाडौँ १८ साउन । नेकपा एमालेका सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँडलाई दार्चुलाको घटनामा मौन किन भएको भन्दै प्रश्न गरेका छन् ।

आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा एमालका नेताहरुले भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा भारतसँग कुरा गर्न किन नसकेको भन्दै गृहमन्त्री खाँडलाई प्रश्न गरेका हुन् ।

एमालेकी सांसद कोमल वलीले तुइन काटेर जयसिंह धामी नदीमा खसेको घटना मानवीयता विरोधी र लज्जास्पद घटनामा सरकारले समिति बनाएर मात्र बस्न मिल्छ कि भारतसँग कुरा गर्न सक्छ सरकारले ? कि सरकारले यसलाई कम्फरटेबल बनाउन खोजेको हो ?’ भन्दै प्रश्न गरेकी छन् ।

अर्का सांसद भगवती न्यौपानेले पनि गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको आरोप लगाउँदै ‘ उनले प्रश्न गरेकी छन् , दार्चुला घटना सम्बन्धमा देश स्तब्ध भएको छ, जनतालाई दुखेको छ । गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार छ । एसएसबीका कारण किन नेपाल सरकारले भारतलाई सोध्ने आँट गरेन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर