सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको कार्यदलको बैठक सम्पन्न, सरकारलाई पुर्णता दिने विषयले पाएन प्राथमिकता — OSNepal

सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको कार्यदलको बैठक सम्पन्न, सरकारलाई पुर्णता दिने विषयले पाएन प्राथमिकता

LC (KTM) August 02, 2021 0

काठमाडौँ १८ साउन । सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको कार्यदलको बैठक सम्पन्न भएको छ ।

आज सोमबार बसेको कार्यदलको बैठकले तीन विषयमा निणर्य गर्दै बैठक सम्पन्न भएको हो । बैठकले न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिताको सवालमा निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सारकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले तीन विषयमा निर्णय गरेको छ । तथापी, सरकारलाई पुर्णता दिने विषयमा भने कुनै छलफल नभएको जनाइएको छ ।

बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर