मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक एक घण्टा दौडाउन सुरु — OSNepal

मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक एक घण्टा दौडाउन सुरु

LC (KTM) August 02, 2021 0

दाङ- मोटा देखिने प्रहरी जवानदेखि सबैलाई दैनिक व्याम सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले जनाए अनुसार उनीहरु दैनिक बिहान एक घन्टा दौडिन सुरू गरेका हुन् । नयाँ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जिल्लामा आएको दोस्रो दिनदेखि नै त्यस्तो अभियान सुरू गरेका हुन् ।

जिल्लाका बिभिन्न स्थानमा कार्यरत मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक दौडाएर फिट भएपछि पुनः सम्बन्धित कार्य क्षेत्रमै खटाइने काफ्लेले बताए । केही दिन केही गाह्रो भए पनि हिजोआज एकरआधा घन्टा दौडिएर पिटी गर्दा आनन्द आउने डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।जागिर खाने कोही त यति मोटाएका छन् कि राम्रोसँग हिँड्न पनि नसक्ने भएपछि दौडाइएको काफ्लेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर