काठमाडौं १८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहका स्थायी कमिटी सदस्यहरुले छलफल गर्ने भएका छन् ।
आज दिउँसो २ बजे गरिने छलफल अब कसरी अगाडी बढ्ने विषयमा केन्द्रित हुने बुझिएको छ ।
पार्टी एकता र सरकारमा जान निणर्य लिन नसक्दा गठवन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन भने अध्यक्ष केपी ओली समुह अब नकुर्ने पक्षमा देखिएको छ ।
स्थायी कमिटी सदस्य गोकर्ण विष्टले बताए अनुसार केही अन्यौलको अवस्था सिर्जना भएकोलेअब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।