अविरल वर्षाका कारण हवाई उडान प्रभावित — OSNepal

अविरल वर्षाका कारण हवाई उडान प्रभावित

LC (KTM) August 06, 2024 0

अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।मङ्गलवार बिहान खराब मौसमकै कारण केही जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ। बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएका छन् । कम भिजिबिलिटी ९भिएफआर० अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ । स्तानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।सिता एयरको लुक्लाको उडान मौसमको कारण रद्द भएको छ ।

यता मंगलबार र बुधबार पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसमविद्ले बताएका छन्।मधेश र कर्णालीका जिल्लाहरु भने उच्च जोखिममा छैनन्। यस्तै ३६ जिल्ला मध्यम जोखिममा र ७ जिल्ला निम्न जोखिममा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्थुम, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा, गण्डकीको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोरखा जिल्ला उच्च जोखिममा छन्।

कोशी प्रदेशका ४, बागमतीका ६, गण्डकीका ९, लुम्बिनीका १० र सुदूरपश्चिमका ५ वटा जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यस्तै लुम्बिनीका कपिलवस्तु, रुपन्देशी, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्ला उच्च जोखिममा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर