विद्यालयको व्यवस्थापन समितिमा अध्यक्ष चयनको विषयमा विवाद हुँदा नौ जना घाइते — OSNepal

विद्यालयको व्यवस्थापन समितिमा अध्यक्ष चयनको विषयमा विवाद हुँदा नौ जना घाइते

LC (KTM) August 02, 2021 0

काठमाडौँ १८ साउन । विद्यालयको व्यवस्थापन समिति मा अध्यक्ष चयनको विषयमा विवाद हुँदा दुई समुहबिच झडप भएको छ ।

रौतहट जिल्लाको माधव नारायण नगरपालिकास्थित श्री माध्यमिक विद्यालय व्यवस्थापन समिति (विव्यस)को अध्यक्ष चयनको विषयमा विवाद हुँदा दुई समुहबीच झडप भएको हो । झडपमा नौ जना घाइते समेत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले मुख्य आरोपीको रुपमा दुवै पक्षका एक एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय रामकलेवर मुखिया र दिलिप भण्डारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर