संसदीय समितिद्वारा वैद्यखाना विकास समितिको अनुगमन — OSNepal

संसदीय समितिद्वारा वैद्यखाना विकास समितिको अनुगमन

LC (KTM) July 31, 2024 0

काठमाडौँ, साउन १६-राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज ‘सिंहदरबार वैद्यखाना विकास समिति’ को स्थलगत अनुगमन गरेको छ । समितिका सभापति मायाप्रसाद शर्मा एवं सदस्यहरु गोपाल भट्टराई, गोमादेवी तिमल्सिना, गोपालकुमार बस्नेत, नरबहादुर विष्ट, पदमबहादुर परियार, बलदेव बोहरा, मदनकुमारी शाह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा बिसीसहितको प्रतिनिधिमण्डलले स्थलगत अनुगमन गरेको हो ।

सो अवसरमा समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले समितिलाई प्राप्त बजेट अपुग भएकाले बजेट वृद्धिका पक्षमा आवश्यक पहल गरिदिन संसदीय प्रतिनिधिमण्डलसँग अनुरोध गर्नुभयो । मौजुदा जनशक्तिको अभावले अपेक्षा गरेअनुसार कामकाज गर्न नसकेको उल्लेख गर्दै उहाँले समितिमा थप दरबन्दी व्यवस्थाका लागिसमेत अनुरोध गर्नुभयो ।

समितिका सभापति शर्माले वैद्यखाना विकास समितिको अनुगमनका क्रममा धेरै विषयवस्तु जानकारी प्राप्त भएको बताउँदै थप छलफल तथा अध्ययन गरी समस्या र समाधानको उपायसहितको सुझाव प्रतिवेदन सङ्घीय संसद् र नेपाल सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर