बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पोखराका पौडेल घरबाटै पक्राउ — OSNepal

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पोखराका पौडेल घरबाटै पक्राउ

LC (KTM) August 02, 2021 0

काठमाडौं १८ साउन । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी खेमराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ०६ बस्ने खेमराज पौडेल रहेक छन् । गत बैशाख १५ गते सम्मानित उच्च अदालत पाटन ईजलास हेटौडाको फैसलाले बैकिङ कसुर मुद्दामा ७ दिन कैद सजाय र रु.१७,८४,२५०/– (अक्षरुपी सत्र लाख चौरासी हजार दुई सय पचास मात्र) जरिवाना तोकिदिएपछि पौडेल फरार रहेका थिए ।

निजलाई पोखरा महानगरपालिका कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन १६ गते निजको घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका निजलाई प्रहरीले सम्मनित कास्की जिल्ला अदालत पेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर